Snake Rescue

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न कार्यक्रममा मिथिला वाइल्डलाइफ ट्रस्टका उद्धारकर्मी सुबोध आचार्यले सर्पको पहिचान, उद्धार विधि र सुरक्षासम्बन्धी जानकारी नगर प्रहरीहरूलाई प्रदान गर्नुभयो। मिथिला वाइल्डलाइफ ट्रस्टले केवल उद्धारकार्य मात्र होइन, विद्यालय र समुदायलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसले जिवजन्तुहरूको जीवन र अधिकारप्रति सम्मान गर्न सिकाउँछ। यस्ता कार्यक्रमहरूले सर्पप्रतिको डर हटाउँदै सही ज्ञान र व्यवहार विकास गर्न सहयोग पुर्‍याउँछन्। ट्रस्टले संकटमा परेका वन्यजन्तुहरूको उद्धार मात्र होइन, समाजमा सहअस्तित्वको भावना फैलाउने अभियानलाई पनि निरन्तर अगाडि बढाइरहेको छ। 🌿🐍                              

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सर्प उद्धार तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न Read More »

Snake Rescue Update | May 22 – June 16, 2025 (In just 3 weeks)

Snake Rescue Update | May 22 – June 16, 2025 (In just 3 weeks) In just 3 weeks, Mithila Wildlife Trust has successfully rescued 18 snakes from various parts of Nepal, including Dhanusha, Mahottari, and Kathmandu Metropolitan City. Our rescue team worked actively in both urban and rural areas to safely handle and relocate the snakes from digger easy and critical situations. During this time, we also organized several snake awareness and management trainings for farmers, students, and local people, helping them learn how to safely deal with snake encounters. 🐍 Rescued Snake Species: Venomous: 1. Common Cobra – 3 2. Non-Venomous:Wolf Snake – 2 3. Rat Snake – 1 4. Checkered Keelback – 3 5. Common Sand Boa – 1 🙏 A big thank you to the local communities who chose to save the snakes by calling us for rescue instead of harming them. Your awareness and support play a key role in wildlife protection. 💪 Our rescue team is always active, alert, and ready to respond any time there is a need. Let’s keep working together to protect these amazing creatures and live in harmony with nature. 📞 If you see a snake, don’t kill it — call us for rescue! Rescue Helpline: +977-976-3359652                                                                           

Snake Rescue Update | May 22 – June 16, 2025 (In just 3 weeks) Read More »

वन कर्मचारीहरूका लागि सर्प उद्धार तथा ह्यान्डलिङ्ग तालिम सम्पन्न

काठमाडौं डिभिजन बन कार्यालयको आयोजनामा सम्पन्न ‘Wildlife Rescue and Handling Refresher Program’ मा मिथिला वाइल्डलाइफ ट्रस्टका सर्प विशेषज्ञ सुभोद आचार्य र रोहित गिरीले सर्प उद्धार, ह्यान्डलिङ्ग र पहिचान सम्बन्धी सत्र सञ्चालन गरे। कार्यक्रममा सबै सब-डिभिजन बन कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने कार्यालय प्रमुखज्यू स्वयं पनि सक्रिय रूपमा सहभागी भई सर्प ह्यान्डलिङ्गमा संलग्न हुनुभयो। यस्ता कार्यक्रमहरूले वन्यजन्तुको संरक्षण र सहअस्तित्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।                              

वन कर्मचारीहरूका लागि सर्प उद्धार तथा ह्यान्डलिङ्ग तालिम सम्पन्न Read More »

सपेराबाट सर्प उद्धार!

सपेराको कब्जाबाट सर्प उद्धार! 🐍 Mithila Wildlife Trust ले डिभिजन वन कार्यालय धनुषाको सहकार्यमा ७ वटा सर्पको सफल उद्धार सम्पन्न गरेको छ। 📌 उद्धार गरिएका सर्पहरू: – ५ वटा Common Cobra – १ Monocled Cobra – १ Rat snake (Dhaman ) यी सर्पहरूलाई एक सपेराले जंगलबाट समातेर विष ग्रन्थि र दाँत निकालेर गाउँ-गाउँमा सर्प देखाएर पैसा असुली गर्ने काम गर्दै आएको पुष्टि भएको छ। यो क्रूर र गैरकानुनी गतिविधि वन ऐन २०७९ अनुसार स्पष्ट रूपमा प्रतिबन्धित छ। 🙏 यस उद्धार अभियानमा Subodh Acharya, Sumit Jha, Ram Narayan Mandal, र स्थानीय बासिन्दाहरूको सक्रिय भूमिका रह्यो। सर्पहरूलाई सुरक्षापूर्वक उद्धार गरेर हेरचाहपछि उनीहरूको प्राकृतिक बासस्थानमा पुनः छोडिएको छ। 💡 सन्देश: सर्प देखाउने होइन, बचाउने जीव हुन्। यस प्रकारको गतिविधि देखेमा नजिकको बन कार्यालय वा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराऔं। 🌿 प्रकृति रक्षा, जीवन रक्षा — यही हो हाम्रो धर्म। Mithila Wildlife Trust सधैं वन्यजन्तु संरक्षणको पक्षमा क्रियाशील छ।  

सपेराबाट सर्प उद्धार! Read More »

सर्पसँगको सहअस्तित्वका पाइलाहरू: डिभिजन वन कार्यालय राजविराज, सप्तरीमा दुई दिने व्यवहारिक तालिम सम्पन्न

२०८२ जेठ १२ र १३ गते, डिभिजन वन कार्यालय राजविराज, सप्तरीको पहलमा तथा सबडिभिजन वन कार्यालय महुली सीतापुरको सभाहलमा “सर्प नियन्त्रण तथा उद्धारसम्बन्धी दुई दिने विशेष तालिम” सफलता पूर्वक सम्पन्न भएको छ। यस तालिममा अग्रपंक्तिमा काम गर्ने वन कर्मचारीहरूलाई सर्पसँग सम्बन्धित विभिन्न जोखिम, तिनको पहिचान, सुरक्षित उद्धार विधि तथा मानव-सर्प द्वन्द्व न्यूनीकरणका उपायहरूबारे गहिरो व्यवहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरियो। हामी, मिथिला वाइल्डलाइफ ट्रस्ट परिवार, यस्ता ज्ञानमूलक अवसरहरूमा प्राविधिक सहयोग पुर्‍याउन पाउँदा अत्यन्त गौरवान्वित छौं। सर्प उद्धार कार्य केवल प्राविधिक मात्र नभई, मानवीय सम्वेदनशीलता र संरक्षणको भावना पनि हो — र हामी निरन्तर यस कार्यमा समर्पित छौं। विशेष धन्यवाद संयोजक किशोर कुमार चौधरी सरलाई, जसको कुशल व्यवस्थापनले तालिमलाई प्रभावकारी र उद्देश्यपूर्ण बनायो। साथै, डिभिजन वन कार्यालय सप्तरीप्रति हाम्रो गहिरो कृतज्ञता व्यक्त गर्दछौं, जसले यस्ता कार्यक्रमलाई निरन्तर प्राथमिकता दिइरहेको छ। हामी दृढ विश्वास गर्छौं कि यस्ता तालिमहरूले कर्मचारीहरूको सीप विकासमा महत्त्वपूर्ण योगदान दिनेछन् र समुदायमा सर्प संरक्षणप्रतिको चेतना थप बलियो बनाउनेछ। “सर्प मारौं हैन, बचाऔं — सहअस्तित्व नै समाधान हो।”                                           

सर्पसँगको सहअस्तित्वका पाइलाहरू: डिभिजन वन कार्यालय राजविराज, सप्तरीमा दुई दिने व्यवहारिक तालिम सम्पन्न Read More »