August 2025

मिथिला वाइल्डलाइफ ट्रष्ट र नेचुरल रिसोर्स म्यानेजमेन्ट कलेजबीच शैक्षिक तथा सांस्कृतिक साझेदारी

मिति : २०८२ साल साउन २६ गतेस्थान : जनकपुरधाम–८, धनुषा / बर्दिबास–३, महोत्तरी नयाँ सहकार्यको सुरुवात पर्यावरण संरक्षण, वन्यजन्तु बचाउने कार्य र युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रष्ट (MWT) र नेचुरल रिसोर्स म्यानेजमेन्ट कलेज, बर्दिबासबीच ऐतिहासिक सम्झौता भएको छ। यो सहकार्यले शैक्षिक, सामाजिक, सांस्कृतिक र व्यावसायिक क्षेत्रलाई जोड्ने मात्र नभई विद्यार्थीहरूलाई ज्ञान, सीप र अवसर उपलब्ध गराउनेछ। सम्झौताका मुख्य उद्देश्य १. विद्यार्थी आदानप्रदान तथा Cultural Exchange Program सञ्चालन२. जैविक विविधता, वातावरण संरक्षण र वन्यजन्तु संरक्षणबारे तालिम, गोष्ठी तथा अध्ययन भ्रमण३. अनुसन्धान तथा शैक्षिक सामग्री आदानप्रदान४. विद्यार्थीहरूको भाषागत दक्षता (अंग्रेजी, नेपाली र अन्य) अभिवृद्धि गर्ने कार्यक्रम५. सामाजिक जिम्मेवारी र शैक्षिक नेतृत्व विकास गर्ने अवसर दुवै पक्षका जिम्मेवारी 🤝 MWT (प्रथम पक्ष): कार्यक्रम सञ्चालन, व्यवस्थापन र आवश्यक समन्वय गर्ने। तालिम तथा अभियानलाई प्रभावकारी बनाउन प्राविधिक सहयोग गर्ने। कलेज (द्वितीय पक्ष): विद्यार्थी पठाउने, आवश्यक सहयोग र शैक्षिक संरचना उपलब्ध गराउने। अनुसन्धान र अध्ययनलाई सहज बनाउन विद्यार्थीलाई प्रेरित गर्ने। सम्झौताको अवधि यो सम्झौता प्रारम्भमा ३ वर्षका लागि हुनेछ। आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। निष्कर्ष यो सहकार्यले शिक्षा, अनुसन्धान, वातावरणीय सचेतना र सांस्कृतिक आदानप्रदानमा नयाँ आयाम थप्नेछ। युवा पुस्तालाई संरक्षण र दिगोपनाको बाटोतर्फ डोर्याउने यस्तो सहकार्य क्षेत्रीय मात्र नभई राष्ट्रिय स्तरमा पनि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

मिथिला वाइल्डलाइफ ट्रष्ट र नेचुरल रिसोर्स म्यानेजमेन्ट कलेजबीच शैक्षिक तथा सांस्कृतिक साझेदारी Read More »

Snake Rescue Update: 13 Snakes Saved in Just 4 Weeks

In just one months, Mithila Wildlife Trust successfully rescued 13 snakes across Dhanusha, Mahottari, and Kathmandu. Our skilled and dedicated rescue team responded to both routine and emergency calls, ensuring the snakes were handled safely, humanely, and professionally. Rescue Operations at a Glance Venomous Snakes (9 rescued): Common Cobra – 7 Common Krait – 1 Monocled Cobra – 1 Non-Venomous Snakes (4 rescued): Rat Snake – 2 Burmese Python – 1 Buff-Checked Keelback – 1 Beyond Rescue — Training & Awareness During this period, we also organized snake rescue and management training sessions for students, farmers, and community members. The training focused on: Identifying venomous vs. non-venomous species Safe, informed, and humane handling techniques Understanding the ecological importance of snakes By empowering local communities with knowledge, we aim to reduce human-snake conflict and promote coexistence. Working Together for Wildlife Several rescues were possible because concerned citizens called us instead of harming the snakes. Once rescued, each snake was safely relocated to a suitable habitat — ensuring their survival and maintaining ecological balance. If you see a snake, don’t harm it — call us!Rescue Hotline: +977-976-3359652 Photo Gallery                                                      

Snake Rescue Update: 13 Snakes Saved in Just 4 Weeks Read More »

Doodh (Milk) and Laba (Buffed Paddy) offered to Snake-God during Bishara Festival in Mithila region

विशारा पर्वमा सर्पलाई दूध र लावा अर्पन गरिनुको कारण

मानव र सर्पबीच करिब ७० लाख बर्षभन्दा बढी देखि जैविक सम्बन्ध रहेको छ भने अफ्रिका र यूरोपको गुफामा भेंटिएको तस्विरले करीब १०,००० बर्ष ईसापूर्व भन्दा पूराना र ईण्डस भैलि सिभिलाईजेसनमा करीब ३,००० बर्ष ईसापूर्व भन्दा पूराना धार्मिक र साँस्कृतिक सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । प्राकृतिक आहाराको आधारमा यिनीहरुलाई सात प्रकारको समूहमा बिभाजन गर्न सकिन्छ । १. मुसा खाने सर्प (Rodent-eating snakes (Rodentivores)) यसभित्र धामिन जस्ता सर्पहरु पर्छन जसले खेतबारी र मानव वस्तिभित्र भएका मुसाको संख्या नियन्त्रण गरेर मानवलाई सघाएको हुन्छ । २. चराचुरुंगी, अन्डा, मुसा आदि  खाने सर्प (Bird and Egg-eating snakes (Ornithophages & Oophages)) जसभित्र अण्डा खाने सर्प (Dasypeltis) रुख सर्पहरु पर्छन् । केही सर्पहरुमा लचिलो जौ र साना दाँतहरु भएकोले यिनीहरु सिँगो अण्डा नै निल्न सक्छन् । ३. उभयचर वा साधारण भाषामा भ्यागुता खाने सर्प (Amphibian-eating snakes (Batrachophages)) जसभित्र पानी सर्पहरु र हरियो रुख सर्पहरु पर्छन् । यिनीहरु मुख्य रुपमा अत्यधिक बर्षा हुने र सिमसार क्षेत्रहरुमा बस्न रुचाउँछन् । ४. माछा खाने सर्प (Fish-eating snakes (Piscivores))  जसभित्र समुन्द्री सर्पहरु र Tentacles सर्प जस्ता सर्पहरु पर्दछन् । ५. सरीसृप खाने सर्प (Reptile-eating snakes (Ophiophages)) जसभित्र राजगोमन र ईण्डिगो सर्पजस्ता सर्पहरु पर्दछन् । यसभित्र पर्ने सर्पहरु प्रायः अर्का विषालु सर्पहरुको बिष बिरुद्ध प्रतिरोधक क्षमता विकास गरेका देखिन्छन् । ६. कीरा-फट्यांग्रा खाने सर्प (Invertebrate-eating snakes (Insectivores)) जसभित्र वर्म सर्पहरु, अन्धो सर्पहरु र थ्रेड सर्पहरु पर्दछन् । प्रायः साना र माटो कोट्याउने (burrowing) सर्पहरु यसभित्र पर्दछन् । ७. स्तनधारी जनावर खाने सर्प (Mammal-eaters Snakes (Large-prey specialists)) जसभित्र अजिंगर र एनाकोण्डा जस्ता सर्पहरु पर्दछन् जसले मृग, बाख्रा जस्ता जनावरहरुलाई सिंगो निल्न सक्छन् । प्राकृतिक रुपमा यसले वालीनाली क्षती पूर्याउने साना–साना किरा फट्यांग्रा र मुसाहरुको संख्या नियन्त्रण गरेर यसबाट मानव प्रजातीलाई हुने क्षती न्यूनीकरण गर्ने देखि आफै पनि केही चराहरु, स्तनधारी जनावर र मानवको आहारा भईदिएर जिवनचक्रमा शिकारी र शिकार दुबैको भूमीका निर्वाह गर्दछन् । यसरी बुझ्दा सर्पहरु पूर्ण रुपले मांसाहारी प्राणी भएकोले यिनीहरु बाँच्नका लागि आफ्ना आकार, बसोवास क्षेत्र र शिकार रणनितीको आधारमा पूर्णरुपमा साना देखी ठूला आकारका जिव जन्तुमा आश्रीत हुन्छन् र वनस्पतीसँग सम्बन्धित कुनै पनि प्रकारका आहारासँग पर सम्म यसको कुनै सम्बन्ध छैन । साँस्कृतिक रुपमा अति नै वैज्ञानिक मानिने मिथिला क्षेत्रमा नागपंचमी (जसलाई स्थानिय रुपमा बिशारा पूजा भनिन्छ) पर्वमा दूध र लावा सर्पको देवता विशारा बाबालाई अर्पन गर्ने चलन छ । धानलाई पहिला–पहिला माटोको भाँडोमा र अहिले फलामको ताबामा बालुवा तताएर त्यसभित्र भुटेर धान पड्केर आफै बाहिर निस्केको चामललाई लावा भनिन्छ । दूध–लावा अर्पन गर्ने भनिए पनि ताँत्रिक बिधीबाट लावामा मुसाको दुलोबाट निस्केको माटो र ठाडो फलेको सरसोको दानालाई हाथमा राखेर ५ देखी १० मिनेटसम्म मन्त्रोचारण गर्दै यो मिश्रणलाई मल्ने गरिन्छ । यसरी हाथमा मल्ने प्रक्रियामा मुसाको गन्ध मिसिएको माटो र सरसोबाट निस्केको तेल मिसिएर लावालाई धेरै नै सुगन्धित बनाऊँछ । यो प्रक्रिया साँझ तिर पूरा गरिन्छ र राती अलि चाँडै खाना खाएर सबै जना सुत्न गएको बेला घरको सबै भन्दा बृद्ध सदस्यले घर वरिपरि लावा छर्किनुहुन्छ साथै एउटा मुख फराकिलो भएको कचौरामा शुद्ध गाईको दुध अलग–अलग ठाऊँमा राख्ने चलन छ । यसरी प्राकृतिक रुपमा आहाराको लागि सर्पसँग कुनै सम्बन्ध नरहेको दूध र लावा विशारा बाबा (सर्पको देवता) लाई अर्पण  गर्ने चलन पुस्तौ देखि चलिआएको छ । लाखौ बर्षको जैविक सम्बन्ध भएको नाताले सर्पको प्राकृतिक आहारा र वानीव्यहोरासँग प्रत्यक्ष जानकार रहेको मानवले सर्पको देवतालाई सर्पले खाँदै नखाने दूध र लावा अर्पण गरेको देखेर आश्चर्य लाग्नु र यसलाई हाम्रा पूर्वजद्वारा थोपरिएको एउटा अन्धविश्वास मान्नु स्वभाविक देखिन्छ । तर यो कुनै अन्धविश्वास नभएर मानव र सर्प बीचको सहअस्तित्वलाई स्विकारेर लाखौ बर्ष देखी सँगै बस्दै आईरहेका सर्पलाई बर्षाको मौसममा चारै तिर पानी भरेर उनीहरु आफ्नो दुलो भित्रबाट निस्केर नजिकै अग्लो ठाऊँमा मानव वस्ति वरिपरी ज्यान जोगाउन लुकेर बसिरहेको अवस्थामा आहारा पाउन सहज हुने वातावरण पनि निर्माण गर्ने र सोही अवसरमा यस मौसममा घर भित्र रहेर मानवलाई दुखः दिने साना–साना किरा–फट्यांग्रा, माउसुली, भ्यागुता र मूसा प्रजातीको संख्या नियन्त्रण गर्नका लागि वैज्ञानिक तरिकाले निर्माण भएको व्यवधान हो । साँस्कृतिक रुपमा अर्पन गर्ने तेल मिश्रीत लावा सर्पलाई नभएर मुसाको लागि राखिएको हुन्छ भने दूध कमिला र स–साना किराहरुलाई आकर्षण गर्ने तथा ती किराहरुलाई खान माउसुली र भ्यागुताहरुलाई आकर्षण हुनको लागि राखिन्छ । यसरी लावा र दूधका कारण बाहिर खुल्ला ठाऊँमा आउने माउसुली, भ्यागुतो र मूसाजस्ता जीवहरुलाई वरिपरि लुकेर बसेको सर्पहरु खान पाउन र मान्छे बस्ने कोठाभित्र नछिरुन भने आशा लुकेको हुन्छ । त्यसैले यो दूध र लावा घर वाहिर मात्रै छर्किनु पर्छ र घरभित्र होईन । २–३ दशक अघीसम्म घर बाहिर र दुलो बढी भएको खलिहान वा रुखहरुको नजिक मात्रै दूध–लावा अर्पन गर्ने चलन थियो । अहिले मान्छे बस्ने कोठा भित्र पनि छर्किन थालिएको देखिन्छ जून साँस्कृती हस्तान्तरणमा भएको भूलको रुपमा लिन सकिन्छ । शुद्ध र ताजा सरसोको तेलका साथै मुसाको दुलोभित्रको माटो मिसाईएको गन्धको तथा गाईको ताजा दूधबाट निस्केको गुलियो–खट्टो गन्धसँग बर्षाको मौसममा आद्र्र अवस्थामा एकआपसमा मिसीन जान्छन् । यसरी बनेको मिश्रीत गन्धले आकर्षण गरेर मुसाहरुलाई दुलोभित्र बाट निस्कन बाध्य पार्छ । मुसाहरुको प्राकृतिक आहारा र सम्भवतः मुसाले मन पराउने मुख्य आहाारा पनि भएकोले धान भुटेर बनेको चामल खान यिनीहरु धेरै रुचाउनु स्वभाविक हो । मूसा जातीका जनावरहरुमा गरिएको अध्ययनले पनि आद्र्र मौसममा उनीहरु कार्बोहाईड्रेट र प्रोटिनको मात्रा धेरै भएको खानेकुरा तिर धेरै नै आकर्षित हुने देखाएको छ । (प्रकाश, १९८८; बर्नेट, १९५८) । हाम्रो समाजमा पहिला देखी नै मुसा फँसाउन प्रयोग हुने पीँजडाभित्र तेल र अन्न मिलाएर राखेमा मुसालाई आकर्षण गर्ने मान्यताले पनि यस कथनलाई बल पुग्छ । यसरी बुझ्दा बिशारा पूजा मानव–सर्प सह–अस्तित्वको पर्वका प्रतिक हुन र दूध–लावा सर्पलाई खानको लागि होईन बरु सर्पलाई सहज तरिकाले खान मिल्ने गरी दुलो भित्र अथवा घरभित्र लुकेर बसेको भ्यागुता, माउसुली र मूसा जस्ता जीवहरुको संख्या नियन्त्रणका लागि अर्पन गरिने वैज्ञानिक पर्वको रुपमा मनाईंदै आएको पर्वको रूपमा रहेको अनुमान सहजै लगाउन सकिन्छ ।

विशारा पर्वमा सर्पलाई दूध र लावा अर्पन गरिनुको कारण Read More »