15 days Mithila Painting Training organized (मिथीला चित्रकला सम्बन्धि १५ दिने तालिम सञ्चालन)

धनुषाधाम, २०७३ जेष्ठ २३ – मिथिला वाइल्डलाईफ ट्रष्ट, धनुषाले धनुषाधाम ईलाका वन कार्यालयमा मिथिला चित्रकला सम्बन्धि १५ दिने तालिम सञ्चालन गरेको छ । मिथिला वाइल्डलाईफ ट्रष्टले विगत ३ बर्ष देखि धनुषाधाम संरक्षित वनको संरक्षण र विकासका लागि विभिन्न किसीमका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेकोमा उक्त संरक्षणमा विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्न NCELL को सहयोगमा २०७२ साल पुष र माघ मसान्तमा धनुषाधाम संरक्षित वनको चारै तिरका विद्यालयहरुमा ईको–क्लब गठन गरी वक्तृत्वकला र चित्रकला प्रतियोगिता सञ्चालन गरेको व्यहोरा सर्ब विदितै छ । हाल NCELL कै आर्थिक सहयोगमा हामीले धनुषाधाम संरक्षित वनको सबै भन्दा नजिक बसोवास गर्ने मुसहर समुदायका महिला, ईको–क्लव मार्फत सञ्चालन गरिएको चित्रकला प्रतियोगितामा पहिलो अथवा दोस्रो स्थान सुनिश्चित गरेका विद्यार्थीहरु तथा धनुषाधाम नगरपालिका भित्र बसोवास गर्ने अन्य पिछडिएका परिवारका सदस्यहरुलाई मिथिला चित्रकलाको तालिम दिई उनीहरुकै माध्यमले वरिपरिका विद्यालयहरु तथा सार्वजनिक स्थलका पर्खालहरुमा वन, वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धि जनचेतनामुलक चित्रहरु कोर्ने उद्देश्य बोकेर सञ्चालन भएका यस कार्यक्रममा १३ जना सहभागीहरु रहेका छन् भने यो तालिम आज देखि २०७३ अषाढ ५ गते सम्म चल्नेछ । यस तालिमले मुसहर समुदायका महिलाहरुलाई वनमै पूर्ण आश्रित नभई रोजगारीका अन्य विकल्प पनि तयार हुनुका साथै उनीहरुले आफ्ना घरमै तयार पारेका चित्र बाहिर बजारमा बिक्रीका लागि समेत पहल गरिएकोले यसले उनीहरुको आर्थीक अवस्थामा समेत सुधार हुने बिश्वास छ ।

15 days Mithila Painting Training organized (मिथीला चित्रकला सम्बन्धि १५ दिने तालिम सञ्चालन) Read More »