January 2026

Our Upcoming Events

Save The Lives Society, Mithia Wildlife Trust र Bigyan TV को आयोजनामा भएको नेपाल सर्प महोत्सव तेस्रो संस्करणको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका विद्यार्थीहर, शिक्षकहरू र Teach For Nepal का सहयोगी फेलोहरूबीच अहिलेका सिकाई, अर्को वर्षको सर्प महोत्सवका लागि गर्नुपर्ने परिमार्जन र पूर्व तयारी तथा रणनीतिक विषयहरूमा विस्तृत छलफल भएको छ।यस कार्यक्रमबाट भएका सिकाइहरूले अर्को वर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्ने दुईवटा कार्यक्रम तय भएको छ।१. गरुड महोत्सव- यसको प्रमुख उद्देश्य खेतीबारीमा पाइने गरुड प्रजातिका लगायत सम्पूर्ण चरा प्रजातिको संरक्षणमा समुदायको सहभागिता सुनिश्चित गर्ने रहेको छ।२. सुनौलो घण्टा सर्प महोत्सव (Golden Hour Snake Festival)- यस कार्यक्रमको प्रमुख उद्देश्य सर्वदंश उपचारका लागि पहिलो घण्टाको महत्त्वबारे जनस्तरमा जानकारी पुर्‍याउने रहेको छ।कल्चरल भिलेज, मिथिला बिहारी – २ र ३, धनुषा, मधेस प्रदेश, नेपाल स्थायी कार्यक्रम स्थल भइ मिथिला वाइल्ड लाइफ ट्रस्ट को प्रमुख आयोजना रह्ने छ भने संस्थाले वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा रुचि राख्ने व्यक्ति, विद्यालय र संघसंस्थाहरूसँग सहकार्य गरी निरन्तरता दिने छ।#mithilawildlifetrust

Our Upcoming Events Read More »

Annual Asian Waterbird Census-2026

भोली मिती २०८२ साल पुष १९ गते देखी माघ ४ गते सम्म (तदनुसार सन २०२६ साल जनवरी ३ तारिक देखी १८ तारिक सम्म) यस बर्षको जलपन्छी गणना -Asian Waterbird Census (AWC)) हुनेछ ।• AWC एशिया तथा प्रशान्त क्षेत्रका सिमसार क्षेत्रमा पाइने जलचर चराहरुको वार्षिक गणना कार्यक्रम हो । यो सन १९८७ देखि निरन्तर हुँदै आईरहेको छ ।• AWC प्रत्येक वर्ष जनवरी महिनामा एकै समयमा विभिन्न देशहरुमा स्वयम्सेवी रुपमा सञ्चालन गरिन्छ ।• यस गणनाको मुख्य उद्देश्य जलचर चराहरुको संख्या, प्रजातिगत विविधता र तिनको आवासको अवस्था बुझ्नु हो ।• AWC बाट प्राप्त तथ्यांकले सिमसार संरक्षण, जैविक विविधता संरक्षण तथा नीति निर्माण मा महत्वपूर्ण सहयोग पु¥याउँछ ।• यो कार्यक्रम Wetland International को समन्वयमा सञ्चालन हुँदै आएको छ । नेपालमा नेपाल पन्क्षीविद संघले राष्ट्रिय स्तरमा समन्वय गर्दै आईरहेको छ भने विगत ५ बर्ष देखी मधेश प्रदेशमा मिथिला वाईल्डलाईफ ट्रष्टले गणना गरी तथ्यांक पठाऊँदै आएको छ ।• AWC ले प्रवासी र स्थानीय जलचर चराहरु दुवैको अभिलेख राख्दछ । लामो समयको तथ्यांक विश्लेषणबाट चराको संख्या घटबढ, जलवायु परिवर्तनको प्रभाव र मानव क्रियाकलापको असर अध्ययन गर्न सकिन्छ ।• यो नागरिक विज्ञानमा आधारित कार्यक्रम हो जसमा स्थानीय समुदाय, विद्यार्थी, प्रकृतिप्रेमी र संरक्षणकर्मीहरु सक्रिय रुपमा सहभागी हुन्छन् ।मधेश प्रदेशको गणना हामीले भोली मिती २०८२ साल पुष १८ गते कमला नदीको सीता घाटबाट शुरु गर्नेछौँ । ईच्छुक चराप्रेमीहरु ९८१७६२९२२९ वा ९८१४८१४०२५ मा समन्वय गरी सहभागी हुन सक्नुहुन्छ ।धन्यवाद ।

Annual Asian Waterbird Census-2026 Read More »