Our Upcoming Events

Save The Lives Society, Mithia Wildlife Trust र Bigyan TV को आयोजनामा भएको नेपाल सर्प महोत्सव तेस्रो संस्करणको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका विद्यार्थीहर, शिक्षकहरू र Teach For Nepal का सहयोगी फेलोहरूबीच अहिलेका सिकाई, अर्को वर्षको सर्प महोत्सवका लागि गर्नुपर्ने परिमार्जन र पूर्व तयारी तथा रणनीतिक विषयहरूमा विस्तृत छलफल भएको छ।
यस कार्यक्रमबाट भएका सिकाइहरूले अर्को वर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्ने दुईवटा कार्यक्रम तय भएको छ।
१. गरुड महोत्सव- यसको प्रमुख उद्देश्य खेतीबारीमा पाइने गरुड प्रजातिका लगायत सम्पूर्ण चरा प्रजातिको संरक्षणमा समुदायको सहभागिता सुनिश्चित गर्ने रहेको छ।
२. सुनौलो घण्टा सर्प महोत्सव (Golden Hour Snake Festival)- यस कार्यक्रमको प्रमुख उद्देश्य सर्वदंश उपचारका लागि पहिलो घण्टाको महत्त्वबारे जनस्तरमा जानकारी पुर्याउने रहेको छ।
कल्चरल भिलेज, मिथिला बिहारी – २ र ३, धनुषा, मधेस प्रदेश, नेपाल स्थायी कार्यक्रम स्थल भइ मिथिला वाइल्ड लाइफ ट्रस्ट को प्रमुख आयोजना रह्ने छ भने संस्थाले वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा रुचि राख्ने व्यक्ति, विद्यालय र संघसंस्थाहरूसँग सहकार्य गरी निरन्तरता दिने छ।
 

Leave a Comment

Your email address will not be published. Required fields are marked *