Blog

मानव–वन्यजन्तु सहअस्तित्वका लागि व्यवहारिक कदम: लहानमा सम्पन्न द्वन्द्व न्यूनीकरण तालिम

MWT ले लहानको श्री मत्स्य विकास केन्द्रमा आयोजित “मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तालिम” मा सक्रिय सहभागिता जनायो।तालिममा हात्ती, बाघ, चित्तल, बाँदर, नीलगाई, बँदेल, सर्प आदि वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरणका उपायहरूबारे व्यवहारिक जानकारी प्रदान गरियो।सहभागीहरूलाई उद्धार प्रक्रिया, जोखिम व्यवस्थापन, र स्थानीय समुदायको भूमिकाबारे पनि विस्तृत प्रशिक्षण दिइयो।यस्ता तालिमहरूले मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न तथा द्वन्द्व न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।                                    

मानव–वन्यजन्तु सहअस्तित्वका लागि व्यवहारिक कदम: लहानमा सम्पन्न द्वन्द्व न्यूनीकरण तालिम Read More »

“सर्प उद्धार तथा पुनर्स्थापना तालीम सम्पन्न: डिभिजन वन कार्यालय उदयपुरलाई वैज्ञानिक उपकरण हस्तान्तरण”

डिभिजन वन कार्यालय, उदयपुर–गाईघाटको आयोजनामा, प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत “सर्प उद्धार तथा पुनर्स्थापना तालीम” २०८२ साल असार २० गते डि. वि. का. सभाहल, बोकेसीमा सम्पन्न भएको छ। यस तालीममा मातहतका वनकर्मीहरू, विशेषगरी अग्र पंक्तिमा (फ्रन्टलाइन) कार्यरत कर्मचारीहरूलाई सर्प उद्धार सम्बन्धी सैद्धान्तिक र प्रायोगिक ज्ञान प्रदान गरिएको थियो। उद्धार तथा तालीमका क्रममा प्राविधिक सहयोग आवश्यक पर्न सक्ने भएकाले सो सम्बन्धमा समेत आवश्यक समन्वय गरियो। तसर्थ, मिथिला वाइल्डलाइफ ट्रस्टको तर्फबाट हामीले स्थानिय जनशक्तिको सहयोगमा निर्मित सर्प उद्धारका लागि आवश्यक वैज्ञानिक स्तरका उपकरणहरू १ सेट डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेका छौं। हामी यो प्राविधिक सहयोग गर्न पाउँदा अत्यन्त खुशी छौं। यस कार्यक्रमले वन क्षेत्रमा प्रत्यक्ष रूपमा कार्यरत कर्मचारीहरूलाई थप सशक्त बनाउनेछ भन्ने हाम्रो विश्वास छ। साथै, हामी आशावादी छौं कि यस्ता तालीम तथा सहयोगहरूले मानव–सर्प द्वन्द्व न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्नेछ।                              

“सर्प उद्धार तथा पुनर्स्थापना तालीम सम्पन्न: डिभिजन वन कार्यालय उदयपुरलाई वैज्ञानिक उपकरण हस्तान्तरण” Read More »

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्ट (MWT) द्वारा श्री शिव शक्ति मा. वि. बटेश्वरमा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।कार्यक्रममा MWT टोलीको सक्रिय सहभागिता तथा कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को उपस्थिति रहेको थियो।विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी बन्यो।विशेष धन्यवाद श्री Laxman Singh र विद्यालय परिवारलाई!सहअस्तित्व र संरक्षणको सन्देश फैलाउँदै! 🌿  

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल Read More »

सर्प संरक्षणप्रति चेतनाको यात्रा: कुसुमविसैाना आधारभूत विद्यालयमा सफल जागरूकता कार्यक्रम सम्पन्न

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा कुसुमविसैानास्थित आधारभूत विद्यालय मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री Subodh Acharya र साथै, श्री Pradip Ram, श्री Gautam Raj mandal ले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री Purushotam Kumar Ray प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।                           

सर्प संरक्षणप्रति चेतनाको यात्रा: कुसुमविसैाना आधारभूत विद्यालयमा सफल जागरूकता कार्यक्रम सम्पन्न Read More »

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा पुरान्दाहास्थित Shree Jagrup Sah, Rampukar Sah Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रशिक्षणका लागि श्री Subodh Acharya र साथै, श्री Pradip Ram ले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो। मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को पनि उपस्थिति थियो। विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री Shramendra Rijal प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Shree Jagrup Sah, Rampukar Sah Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।                                    

सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल Read More »