सर्प संरक्षणका लागि महत्त्वपूर्ण पहल

सर्प संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रस्टद्वारा पुरान्दाहास्थित Shree Jagrup Sah, Rampukar Sah Secondary School मा सर्प संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा प्रशिक्षणका लागि श्री Subodh Acharya र साथै, श्री Pradip Ram ले कार्यक्रम सञ्चालनमा आवश्यक प्राविधिक सहयोग (technical support) गर्नु भएको थियो।
मिथिला वाइल्डलाइफ ट्रस्टका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक श्री Sachin Kumar Singh को पनि उपस्थिति थियो।
विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भयो। सर्पहरू जैविक सन्तुलनका लागि अत्यावश्यक जीव हुन्, तर डर र अज्ञानताका कारण मारिने क्रम अझै कायम छ। यस्ता कार्यक्रमहरूले सहअस्तित्व र संरक्षणप्रति सकारात्मक सन्देश फैलाउन मद्दत गर्छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने श्री Shramendra Rijal प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै, सम्पूर्ण विद्यार्थीहरू र Shree Jagrup Sah, Rampukar Sah Secondary School परिवारलाई पनि कार्यक्रमप्रति देखाइएको सक्रियता र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद।

            

              

       

Leave a Comment

Your email address will not be published. Required fields are marked *