Annual Asian Waterbird Census-2026

भोली मिती २०८२ साल पुष १९ गते देखी माघ ४ गते सम्म (तदनुसार सन २०२६ साल जनवरी ३ तारिक देखी १८ तारिक सम्म) यस बर्षको जलपन्छी गणना -Asian Waterbird Census (AWC)) हुनेछ ।
• AWC एशिया तथा प्रशान्त क्षेत्रका सिमसार क्षेत्रमा पाइने जलचर चराहरुको वार्षिक गणना कार्यक्रम हो । यो सन १९८७ देखि निरन्तर हुँदै आईरहेको छ ।
• AWC प्रत्येक वर्ष जनवरी महिनामा एकै समयमा विभिन्न देशहरुमा स्वयम्सेवी रुपमा सञ्चालन गरिन्छ ।
• यस गणनाको मुख्य उद्देश्य जलचर चराहरुको संख्या, प्रजातिगत विविधता र तिनको आवासको अवस्था बुझ्नु हो ।
• AWC बाट प्राप्त तथ्यांकले सिमसार संरक्षण, जैविक विविधता संरक्षण तथा नीति निर्माण मा महत्वपूर्ण सहयोग पु¥याउँछ ।
• यो कार्यक्रम Wetland International को समन्वयमा सञ्चालन हुँदै आएको छ । नेपालमा नेपाल पन्क्षीविद संघले राष्ट्रिय स्तरमा समन्वय गर्दै आईरहेको छ भने विगत ५ बर्ष देखी मधेश प्रदेशमा मिथिला वाईल्डलाईफ ट्रष्टले गणना गरी तथ्यांक पठाऊँदै आएको छ ।
• AWC ले प्रवासी र स्थानीय जलचर चराहरु दुवैको अभिलेख राख्दछ । लामो समयको तथ्यांक विश्लेषणबाट चराको संख्या घटबढ, जलवायु परिवर्तनको प्रभाव र मानव क्रियाकलापको असर अध्ययन गर्न सकिन्छ ।
• यो नागरिक विज्ञानमा आधारित कार्यक्रम हो जसमा स्थानीय समुदाय, विद्यार्थी, प्रकृतिप्रेमी र संरक्षणकर्मीहरु सक्रिय रुपमा सहभागी हुन्छन् ।
मधेश प्रदेशको गणना हामीले भोली मिती २०८२ साल पुष १८ गते कमला नदीको सीता घाटबाट शुरु गर्नेछौँ । ईच्छुक चराप्रेमीहरु ९८१७६२९२२९ वा ९८१४८१४०२५ मा समन्वय गरी सहभागी हुन सक्नुहुन्छ ।
धन्यवाद ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *