पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने सिटू मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, टुटेपानी, हेटौडा उ.म.न.पा.–१३, मकवानपुरका सदस्यहरुका लागि मिती २०७५ मंसिर १ गते देखि ४ गते सम्म चार दिने “जिविकोपार्जनका लागि व्यवसायिक सिप विकास तालिम” प्रदान गरिएको छ ।
ZSL Nepal को आर्थिक सहयोगमा मिथिला वाईल्डलाईफ ट्रष्टले पर्सा राष्ट्रिय निकुञ्जको वरिपरि मकवानपुर जिल्ला भित्र पर्ने दुई ओटा सामुदायिक वन १. चुच्चेखोला सामुदायिक वन, हेटौडा–६ र २. सिटू मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा विगत दुई बर्ष देखि सालक (Pangolin) संरक्षणका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेकोमा हाल सिटू मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका विपन्न महिला सदस्यहरुलाई जिविकोपार्जनका लागि सिप विकास सम्बन्धि चार दिने तालिम प्रदान गरेका छन् ।
पछिल्लो आ.व.मा कुल ३५ जना विपन्न महिलाहरुलाई यसै प्रकारको तालिम प्रदान गरि व्यवसाय सञ्चालनका लागि उप–समूह बनाई सहकारी सिद्धान्त बमोजिम विऊ पुँजी समेत उपलब्ध गराएर सबै महिलाहरु सफलतापूर्वक लघु उद्यम तथा साना व्यवसाय सञ्चालन गर्दै आईरहेका छन् । अघि लिएका सहयोग रकम समूहमा फिर्ता गर्दै जाने र थप बचत समेत गर्ने भएकोले ३५ जनाबाट सञ्चालन गरेको समूहमा थप २८ जनालाई सदस्यता प्रदान गरी बिऊ पुँजी उपलब्ध गराउन सक्ने भएकोे र सो थपिएको नयाँ सदस्यहरुलाई व्यवसायिक सिप आवश्यक परेकोले प्रशिक्षक द्वय विकाश श्रेष्ठ (उद्यम क्षेत्रको अनुभव बोक्नुभएका), कुमार पौडेल (कृषि क्षेत्रको अनुभव बोक्नुभएका) र मधू विलास नेउपाने (भेटेरिनरी क्षेत्रको अनुभव बोक्नुभएका) ले तालिम प्रदान गर्नुभएका छन् । ZSL Nepal का प्रकाश सिग्देल सरले नेपालमा पाईने कालो सालक र तामे सालक दुबै अति दुर्लभ रहेको र संसारभरी नै सालक सबैभन्दा बढी तस्करी हुने जनावर भएकोले यसको संरक्षण अति आवश्यक भएको भन्दै सहभागीहरुलाई सालकको बारेमा बिस्तृत जानकारी दिनु भएका थिए ।
स्थानिय सिपलाई व्यवसायिकरण गर्ने र व्यवसायिकरण गर्न आवश्यक विऊ पुँजी समेत उपलब्ध गराउँदै सालकको बास स्थान माथीको चाँप न्यूनिकरण गर्दै जाने मुख्य अभिप्रायका साथ बिगत २ बर्ष देखि सञ्चालनमा रहेका समुदायद्वारा व्यवस्थित सालक संरक्षण कार्यक्रमले गर्दा चुच्चेखोला सामुदायिक वन, हेटौडा–६ र सिटू मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, हेटौडा–१३ लाई संसारमै पहिलो पटक “समुदायद्वारा व्यवस्थित सालक संरक्षण क्षेत्र” घोषणा गरिएको छ । यस उपलब्धिमा स्थानिय समुदाय र चोरि सिकारी नियन्त्रणका लागि सक्रिय समुदायमा आधारित चोरि सिकारी नियन्त्रण समूहमा आबद्ध यूवाहरुको बिशेष भूमीका रहेको छ ।