काठमाडौं डिभिजन बन कार्यालयको आयोजनामा सम्पन्न ‘Wildlife Rescue and Handling Refresher Program’ मा मिथिला वाइल्डलाइफ ट्रस्टका सर्प विशेषज्ञ सुभोद आचार्य र रोहित गिरीले सर्प उद्धार, ह्यान्डलिङ्ग र पहिचान सम्बन्धी सत्र सञ्चालन गरे। कार्यक्रममा सबै सब-डिभिजन बन कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने कार्यालय प्रमुखज्यू स्वयं पनि सक्रिय रूपमा सहभागी भई सर्प ह्यान्डलिङ्गमा संलग्न हुनुभयो। यस्ता कार्यक्रमहरूले वन्यजन्तुको संरक्षण र सहअस्तित्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँछन्।



