सपेराबाट सर्प उद्धार!

सपेराको कब्जाबाट सर्प उद्धार! 🐍
Mithila Wildlife Trust ले डिभिजन वन कार्यालय धनुषाको सहकार्यमा ७ वटा सर्पको सफल उद्धार सम्पन्न गरेको छ।

📌 उद्धार गरिएका सर्पहरू:
– ५ वटा Common Cobra
– १ Monocled Cobra
– १ Rat snake (Dhaman )

यी सर्पहरूलाई एक सपेराले जंगलबाट समातेर विष ग्रन्थि र दाँत निकालेर गाउँ-गाउँमा सर्प देखाएर पैसा असुली गर्ने काम गर्दै आएको पुष्टि भएको छ।
यो क्रूर र गैरकानुनी गतिविधि वन ऐन २०७९ अनुसार स्पष्ट रूपमा प्रतिबन्धित छ।

🙏 यस उद्धार अभियानमा Subodh Acharya, Sumit Jha, Ram Narayan Mandal, र स्थानीय बासिन्दाहरूको सक्रिय भूमिका रह्यो।
सर्पहरूलाई सुरक्षापूर्वक उद्धार गरेर हेरचाहपछि उनीहरूको प्राकृतिक बासस्थानमा पुनः छोडिएको छ।

💡 सन्देश:
सर्प देखाउने होइन, बचाउने जीव हुन्।
यस प्रकारको गतिविधि देखेमा नजिकको बन कार्यालय वा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराऔं।

🌿 प्रकृति रक्षा, जीवन रक्षा — यही हो हाम्रो धर्म।
Mithila Wildlife Trust सधैं वन्यजन्तु संरक्षणको पक्षमा क्रियाशील छ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *