“सर्प उद्धार तथा पुनर्स्थापना तालीम सम्पन्न: डिभिजन वन कार्यालय उदयपुरलाई वैज्ञानिक उपकरण हस्तान्तरण”

डिभिजन वन कार्यालय, उदयपुरगाईघाटको आयोजनामा, प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत “सर्प उद्धार तथा पुनर्स्थापना तालीम” २०८२ साल असार २० गते डि. वि. का. सभाहल, बोकेसीमा सम्पन्न भएको छ।

यस तालीममा मातहतका वनकर्मीहरू, विशेषगरी अग्र पंक्तिमा (फ्रन्टलाइन) कार्यरत कर्मचारीहरूलाई सर्प उद्धार सम्बन्धी सैद्धान्तिक र प्रायोगिक ज्ञान प्रदान गरिएको थियो। उद्धार तथा तालीमका क्रममा प्राविधिक सहयोग आवश्यक पर्न सक्ने भएकाले सो सम्बन्धमा समेत आवश्यक समन्वय गरियो।

तसर्थ, मिथिला वाइल्डलाइफ ट्रस्टको तर्फबाट हामीले स्थानिय जनशक्तिको सहयोगमा निर्मित सर्प उद्धारका लागि आवश्यक वैज्ञानिक स्तरका उपकरणहरू १ सेट डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेका छौं। हामी यो प्राविधिक सहयोग गर्न पाउँदा अत्यन्त खुशी छौं।

यस कार्यक्रमले वन क्षेत्रमा प्रत्यक्ष रूपमा कार्यरत कर्मचारीहरूलाई थप सशक्त बनाउनेछ भन्ने हाम्रो विश्वास छ। साथै, हामी आशावादी छौं कि यस्ता तालीम तथा सहयोगहरूले मानवसर्प द्वन्द्व न्यूनीकरणमा दीर्घकालीन प्रभाव पार्नेछ।

                    

        

Leave a Comment

Your email address will not be published. Required fields are marked *