काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बललाई लक्षित गरी आयोजना गरेको तीन दिने सर्प उद्धार तथा व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिममा प्रशिक्षकका रूपमा मिथिला वाइल्डलाइफ ट्रस्ट अन्तर्गतका देवनारायण मण्डल र सुबोध आचार्य, साथै सेव द लाइभ का कमल देवकोटाज्यूको सक्रिय सहभागिता रहेको थियो।
तालिममा सर्पको परिचय, जोखिम मूल्याङ्कन, सुरक्षित उद्धार विधि तथा पुनःस्थापना प्रक्रियाका विषयमा व्यवहारिक र सैद्धान्तिक सत्रहरू सञ्चालन गरियो।
यस कार्यक्रमको सफल व्यवस्थापन मिलाउनु हुने ऋषि भुसालज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ।
साथै तालिममा सहभागी हुन आएका चारै क्षेत्रका नगर प्रहरीज्यूहरूलाई समेत हार्दिक आभार प्रकट गर्दछौँ।
यस्ता तालिमबाट सुसज्जित भई भोलिको दिनमा नगर प्रहरीले अझ जिम्मेवारीपूर्वक, सुरक्षित र वैज्ञानिक तरिकाले सर्प उद्धार तथा उचित व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास लिइएको छ।
काठमाडौँ महानगरपालिकालाई यस्ता जीवनदायिनी तालिमहरूको आयोजना गरेर मानव–वन्यजन्तु सहअस्तित्वको संवर्द्धनमा टेवा पुर्याउनु भएकोमा विशेष धन्यवाद।




