डिभिजन वन कार्यालय राजविराज, सप्तरीको आयोजनामा र सबडिभिजन वन कार्यालय दौलतपुरको समन्वयमा लक्ष्मीपुर सामुदायिक वनको हलमा मिति २०८२ जेठ १० र ११ गते दुई दिने “सर्प नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।
यस तालिममा अग्रपंक्तिमा कार्यरत वनका कर्मचारीहरूलाई सर्पको पहिचान, सुरक्षित उद्धार प्रक्रिया, र व्यवहारजन्य सावधानीबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
हामी मिथिला वाइल्डलाइफ ट्रस्ट परिवार यस महत्वपूर्ण प्रशिक्षण कार्यक्रममा सहभागी भई व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्न पाउँदा अत्यन्त गौरवान्वित र खुसी छौं।
हामी विश्वास गर्छौं कि यस्ता तालिमहरूले वन कर्मचारीहरूलाई थप दक्ष बनाउने छ र मानव–सर्प द्वन्द्व न्यूनीकरणमा सकारात्मक भूमिका खेल्नेछ।





