Tag Archives: Mithila Wildlife Trust

धनुषा जिल्लाको अन्दुपट्टि कटरैत गा.वि.स. मा गाऊँले द्वारा एउटा भाले चितुवा मारियो

यस घटनाको वास्तविक अबस्था र यसले उब्जाएका केही प्रश्नहरुः

 यस चितुवालाई बँचाउन सकिने सम्भावना कति थियो ?
 के यस चितुवालाई मार्नै पर्ने आवश्यक थियो ?
 यस घटनाका जिम्मेवार को ?
 किन पस्छन चितुवा मानवीय वसोवास क्षेत्रमा ?
 यसका स्थाई समाधान के त ?

पहिले घटनाको वास्तुगत विवरण हेरौँ ।
धनुषा जिल्लाको साविक अन्दुपट्टि कटरैत गा.वि.स.को वार्ड नं.–७ हाल जनकपुर उप–महानगरपालिकाको वार्ड नं.–१७ मा मिती २०७४ साल ०१ महिना १३ गते वेलुका ६ः३० बजे करिब २५० जनाको हाराहारीमा जम्मा भएका गाऊँलेहरुले एउटा भाले चितुवालाई मारे ।

बेलुका ५ः१५ बजे तिर रामपुरवाली भनेर चिनिने कटरैत टावर टोल निवासी गीता देवी मुखिया आफ्नो खेत जहाँ कांक्रो र मकैको खेती गरिएको छ मा गएकि थिईन । कांक्रो भएको क्षेत्रमै रहेको बेला चितुवाले उनलाई आक्रमण गरे र फेरी मकैमा फर्के । उनी चिल्लाऊँदै भागिन र नजिकै काम गरिरहेका अन्य गाऊँलेहरुलाई भनिन । बँदेल र निलगाईको संख्या अली बढी नै रहेको सो क्षेत्रमा पहिले त गाऊँलेहरुले पत्याएनन तर उनको जिद्द पछि केही जना नजिकै हेर्नका लागि गए र चितुवाले फेरी उनीहरुमाथी आक्रमण गरे । यतिकैमा गाऊँ नजिकै रहेको सो चौरीमा वाघ आयो भनेर भागमभाग भईसकेको थियो । सबै जनाले गाऊँलेहरुलाई बोलाउन थाले र ६ः०० बजे तिर लगभग २५० जनाको हाराहारीमा गाऊँलेहरु जम्मा भए र चितुवा रहेको मकै खेतलाई चारै तिर बाट घेरा हाले । यस क्रममा चितुवाले अन्यलाई पनि हात, पाखुरा, पेट, खुट्टा आदीमा आक्रमण गर्न थाले र गीता देवी मुखिया, प्रमेश्वर यादव, सञ्जिव कुमार साह, तिलेश्वर मुखिया र पञ्चु मुखिया गरि कुल ५ जना घाईते भए । घाईते मध्ये सब भन्दा बढी आँटिलो प्रमेश्वर यादवलाई बढी घाउ लागेको छ । चितुवाले प्रमेश्वरको टाउकोमाथी आक्रमण गर्न खोज्दा प्रमेश्वर चितुवाको अगाडीको दुबै खुट्टा समाती हाल्थे । यसै बिच प्रमेश्वर जमीनमा लडे र चितुवा माथीबाट उसको टाउकोमै आक्रमण गरीरहेका थिए । यतिकैमा गाऊँलेहरुले चितुवा माथी लठ्ठी बर्साउन थाले र टाउकोमा चोट लागी चितुवा ६ः३० बजे तिर मरे ।

बेलुका ५ः१५ बजे देखिएको लम्बाई–४२ ईण्च, पुच्छरको लम्बाई–३० ईण्च, शरिरको ऊँचाई–२४ ईण्च र वजन–४५ किलो ग्राम भएको सो चितुवाको जिवन अन्तत ६ः३० बजे समाप्त भयो ।

IMG_8988

IMG_9002

IMG_9018

IMG_9040

IMG_9090

IMG_9093

IMG_9099

अब प्रश्नहरु तिर लागौँ ।

यस चितुवालाई बँचाउन सकिने सम्भावना कति थियो ?
चितुवालाई मारेर घाईतेहरुलाई अञ्चल अस्पताल लगिसके पछि मात्रै प्रशासनलाई चितुवा मरेको खबर दिईयो, त्यस पछि प्रशासनले वनलाई र वनले मिथिला वाईल्डलाईफ ट्रष्टलाई । खबर गरिएको १ घण्टा भित्रै नेपाल प्रहरी, वन कार्यालय र हामी त्यहाँ पुगिसकेका थियौँ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के हो भन्ने जून ४० देखि ५० मिनट गाऊँलेहरु संगठित हुन खर्च गरे र लगभग १ घण्टा लगाएर चितुवालाई मारे त्यति समय पर्याप्त थियो हामी त्यहाँ पुग्नलाई तर दुर्भाग्य चितुवालाई मारी सके पछि मात्रै हामीलाई खबर गरियो ।

के यस चितुवालाई मार्नै पर्ने आवश्यक थियो ?
आक्रमण गरे पछि महिला पनि भागीसकेकी थिईन र चितुवा पनि मकै खेतीमा लुकिसकेका थिए । चितुवाले लखेटेर होईन की चारै तिर बाट घेरेर चितुवालाई मार्ने क्रममा मात्रै अन्य आक्रमणमा परे । यसरी हेर्दा चितुवालाई मारी नै हाल्नुपर्ने कुनै बिशेष आवश्यकता देखिएन ।

यस घटनाका जिम्मेवार को ?
हामीलाई समयमा किन खबर गरिएन भनेर प्रश्न गर्दा समुदायबाट केही गम्भिर प्रतिप्रश्नहरु गरिए । तपाईंहरुसँग चितुवा उद्धार गर्न पर्याप्त श्रोत साधनहरु उपलब्ध छन् ? श्रोत साधन भए पनि के चाँडै पुग्न सक्ने सडक सुविधा छन् त यहाँ ? तपाईंहरु यसलाई उद्धार गर्न सक्नुहत्थ्यो भने विश्वासको आधार के ?
हुन त शुरुवाती अबस्थामै रहेकोले हामी सँग पनि पर्याप्त श्रोत साधनको अभाब छन् तर पनि प्रशासन, वन कार्यालय र समुदायको सहयोगमा यसलाई बँचाउन सकिन्थ्यो । धनुषा जिल्लाका अधिकांश गाऊँमा बर्षायाममा मोटरसाईकल लिएर पनि पुग्न असम्भव हुन्छ तर अहिलेको अबस्थामा जति समय लगाएर चितुवालाई मारियो त्यस भन्दा कम समयमै सजिलै पुग्न सकिन्थ्यो । हामीले विगत ४ बर्ष देखि सर्प, कछुवा, सुनगोहोरो र निलगाई जस्ता जंगली जनावरहरुको उद्धार गर्दै आईरहेका छौँ । अलि अपठ्यारो हुने देखिए पनि कम से कम यस चितुवा लाई बँचाउने प्रयास त गर्न सकिन्थ्यो ।

हुन त यस्ता घटनाहरुको प्रमुख जिम्मेवार संकिर्ण मानसिकता भएका हाम्रा निति निर्माताहरु हुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संरक्षित क्षेत्र वाहिरका संरक्षित र अति दुर्लभ वन्यजन्तुको संरक्षणमा पनि कुनै चासो नै राख्दैनन् । वन विभाग हामी सँग कुनै श्रोत साधन नभएको, बजेट नभएको, स्विकृति लिन गाह्रो हुने आदी आदी ढिपी कसेर बस्छन, केही एन.जि.ओ.÷आई.एन.जि.ओ. हरु चासो लिए पनि संरक्षित क्षेत्र वाहिर उनीहरुको पनि पहुँच न्यून छन् । यसरी हेर्दा वार्षिक रुपमा करोडौ खर्च गरे तापनि सतही रुपमा आफ्ना पहुँच सुनिश्चित गर्न नसकेकोले यस्ता घटनाको जिम्मेबारी सम्पूर्ण पक्षले लिनै पर्छ ।

नेपाल सरकार द्वारा सुनियोजित तरिकाले चुरे विनास गरि राजनितिक स्वार्थ पूर्तिका निम्ति मानव वस्ति बसाल्नु पनि यस घटनाको प्रमुख कारण हुन सक्छ ।

किन पस्छन चितुवा मानवीय वसोवास क्षेत्रमा ?
यसको प्रमुख कारण वन्यजन्तुको बसोवास क्षेत्रको विनास, वनक्षेत्रमा अतिक्रमण गरि अनियन्त्रित बसोवास तथा वनमा चितुवाको प्रमुख खाना मृग, हरिण, बँदेल, लंगुर, जंगली खरायो र अन्य स–साना स्तनधारी जनावरहरुको जनसंख्या ह्रास हुनु नै हुन । प्राय मृग, चित्तल, बँदेल, लंगुर आदीको पछाडी लागेर पनि वन नजिकैको मानव वस्तिमा चितुवा प्रवेश गर्छन भने वनमा खाना नपाएर बाख्रा आदी खानका लागि पनि मानव वस्तिमा छिर्ने गर्छन ।
करिव एक हपता अघि सम्म चुरेको चारनाथ खोला तिर, घटना स्थल देखि लगभग ३५–४० कि.मी. पर एउटा चितुवा देखिएको थियो जुन अब देखिन बन्द भईसकेको छ ।

५८ कि.मी. प्रति घण्टाको स्पिडमा दगुर्न सक्ने क्षमता भएकोले यो चितुवा सुरक्षित बसोवासको खोजिमा अथवा बँदेल र निलगाईको पछाडी लागेर पनि चुरे बाट जलाईध खोला हुँदै यस गा.वि.स. मा आएको हुन सक्ने सम्भावना देखिन्छ ।

यसका स्थाई समाधान के त ?
वन्यजन्तुको वसोवास क्षेत्र सुरक्षित राखी मानविय प्रवेश नियन्त्रित गर्नु तथा वन्यजन्तुको चोरी निकासी रोक्नका साथै सम्पूर्ण सरोकारवाला निकायहरु सक्रियताका साथ आफ्ना जिम्मेबारीहरु वहन गर्न सक्नु मात्रै यस समस्याको स्थाई सामाधान हुन सक्छ ।

अन्तमा मृत चितुवाको आत्माको चिर शान्तिको कामना सहित भबिष्यमा यस्तो अबस्था सिर्जना भएमा आवेगमा वन्यजन्तुलाई मार्नु भन्दा हामीलाई सम्पर्क गर्न आग्रह गर्दछौ साथै वन र वन्यजन्तु विनाको संसार हामी कल्पना पनि गर्न नसक्ने भएकोले भबिष्यमा यस्ता घटना नदोहो¥याउन समेत सम्बन्धित सबैमा विनम्र निबेदन गर्दछौ ।

सम्पर्कः
देव नारायण मण्डल
अध्यक्ष
मिथिला वाईल्डलाईफ ट्रष्ट
जनकपुरधाम–९, धनुषा
मोवाईल ः ९८१७६२९२२९
ईमेल ः dev@mwt.org.np
वेबसाईट ः www.mwt.org.np

COMMUNITY INTERACTION PROGRAMME STARTED IN BUFFER ZONE OF DHANUSHADHAM PROTECTED FOREST

AFO Shankar Narayan Jha explaining the programmes of current financial year

AFO Shankar Narayan Jha explaining the programmes of current financial year

Department of Forest, Dhanusha and Mithila Wildlife Trust, Nepal together started Community Interaction Programme in buffer zone of Dhanushadham Protected Forest. The Programme has been started from Dharampur village and will be end at Nausay village.

Participants of Community Interaction Programme

Participants of Community Interaction Programme

The programme is divided in 4 parts as under;

  1. Community share their feedback on the programmes operated in last financial year and their expectation in current financial year.
  2. Dhanushadham Protected Forest Council explains the programmes and budget for current financial year.
  3. Mithila Wildlife Trust explains the status of wild animals of the forest, expectations from community to protect them and methods to minimize human-wildlife conflict in the buffer zone.
  4. All the participants including council members and MWT members roam inside forest for 1 hour to see the changes inside forest after One year of conservation.
Participants of Interaction Programme inside DPF

Participants of Interaction Programme inside DPF

Two programmes have been completed so far. All the valuable feedback and suggestions from community have been noted, so that, we can include them in future.

Commitments of continuous support from local community really encourage us in conservation and development of the forest.

OUR SITE IS UPGRADED

We regret that since last 15 days our site was not working due to some technical issues.

But, thankfully we’ve solved all the issues and are back again.

We will be updating our daily activities as earlier.

Please keep visiting our site. Also like our official Facebook page /mithilawildlifetrust or follow us on twitter /mwtnepal to receive regular notifications.

Thanking you,

Mithila Wildlife Trust family.

Third Interaction Programme at Dhanushadham VDC

MWT Chairman Delivering Speech on Importance of DPF

MWT Chairman Delivering Speech on Importance of DPF

Mithila Wildlife Trust and Department of Forest gaining the strength to support the conservation of Dhanushadham Protected Forest from Dhanushadham VDC during an interaction programme held on 10th May 2014. The villagers were eager to know the importance of Tree and DPF in their environment and they were ready to support completely to eradicate present condition of scarcity of water and change in climate after listening to presentation delivered by Dev Narayan Mandal, Chairman, Mithila Wildlife Trust and Documentary presented on Climate Change Effects in Nepal.

Community People Watching Documentary on Climate Change Effects in Nepal

Community People Watching Documentary on Climate Change Effects in Nepal

An important decision was taken by the community people in the program that they will  stop grazing their animals in the core zone of the forest and will find substitute instead of depending completely on the forest. Mr. Shankar Narayan Jha, AFO, DoF, Dhanusha appreciated the decision. He also added that it will help DoF and MWT to restore the diminishing forest by protecting regenerating plants inside core area.

ILLEGALLY LOGGED TREES CEASED IN 48 HOURS FROM A FISH POND BY NFD,MWT & APF

Full teamafter recovering illegal logged trees from fish pond. NFD,MWT & APF

Full teamafter recovering illegal logged trees from fish pond. NFD,MWT & APF

Couple of days back illegal tree logging was identified by Nepal Forest Dept. and MWT team inside the Dhanusha Protected Forest. Thirty feet two Acacia sp. was logged by the poachers during mid night and transported using a tractor. New RFO Mr. Shankarnarayan Jah and other forest officials with the help of MWT team and APF  started restless search for the poachers and the removed trees. Though we were able to arrest a person who was really involved in this case was suppose to release in 24 hours as we didn’t got the removed tree and solid evidence against him.

Uploaded Logged Trees in Tractor after recovering from pond.

Uploaded Logged Trees in Tractor after recovering from pond.

Around 36th hour we were able to collect the information from our informers about the logged  trees and when we reached there with full team, initially we were surprised about the matter, but when MWT  enforcement team and other forest  person searched in the water of nearby pond (Phokri), all the logged tree pieces were hidden inside the water. We removed all pieces from the water and uploaded in a tractor around night 9.30.pm. to DPF office. As the news spread that we recovered all the pieces of logged trees, many of the suspecting poachers vanished from their village.

MWT Enforcement Team, Mr. R.K.Mandal recovering hidden logged trees.

Hidden Logged Trees when exposed.

Hidden Logged Trees when exposed.

 

This is an initiatiative taken by Courageous RFO Mr. Shankarnarayan Jah, MWT, and APF of Dhanusha, which nobody had initiated for last 25 years which made poachers and other peoples to exploit their natural resource in an unmanaged way. This is first time that within 48 hours all the reality of poachers and the incidents comes into public to be cautious in the future. This is really an appreciative work done by Nepal Forest Department , MWT and APF.